घर पुग्दा पाँच बज्न लागिसकेको
थियो गेट खोलेर भित्र पस्न लाग्दा भित्र मान्छेहरुको भिडभाड थियो र त्यहाँ तीनचार
जाना पुलिसहरु पनि थिए | मन अतासियो, कतै घरमा चोरी त भएन भनेर | कसैसंग केहि
सोधौं भन्ने आँट पनि आएन मनमा, म सिधै भिडभाड छिचोल्दै घरभित्र पसें |
भित्र पस्दा काका-काकीको
कोठाबाट मान्छेहरु बोलेको आबाज प्रस्ट सँग सुन्न सकिन्थ्यो | म हतारिँदै त्यतै हानिए
|
खाटमा उमाकाकीलाई सुताईएको थियो
अनि काकीलाई कपडाले ढाकिएको थियो | मन झसंग भयो |
“काकीलाई के भयो किन कपडा
ओडाइएको हँ काका” मैले काकालाई सोधेँ |
काका’का आँखा रुवाईले गर्दा
सुन्निएजस्ता र राता-राता भएका थिए | काका केहि बोल्न सक्नुभएन फेरी रुन लाग्नुभयो
|
एकजना पुलिसले “उहाँले
आत्महत्या गर्नुभएछ, आफ्नो चुन्निले पंखामा फाँसी लगाउनु भएछ” भने |
म छाँगाबाट खसेजस्तो भएँ
खुट्टाले भुइँमा टेकिएन, मैले आफुलाई सम्हाल्न पनि सकिन | एक छेंण त बिस्वास पनि
लागेन | बिहान सम्म सकुशल अनि खुसि मान्छे साँझ आउदा यो संसारबाट बिदा भएर
गाईसक्नुभयो भन्ने कुरा सुन्दा विश्वास गर्न पनि सकिन |
उमाकाकी र हरिकाका बिचको संबन्ध
त्यस्तो खराब पनि थिएन कि काकीले आत्महत्या गर्न परोस न त काकीको जीबनमा कुनै दुख
कस्ट या तनाब नै थियो | बिहान मलाई बिदाइ गर्दा काकीको अनुहारमा कुनै पनि दुखको
निसानी पनि थिएन | सम्बन्धको कारणले काकीले आत्महत्या गरेको मलाई लागेन | पुलिसले
पनि पुरै कोठा खोज तलास गर्दा पनि सुसाइट नोट फेला पर्न सकेन | साएद काकीले नोट लेख्नु नै भएन क्यार | आबेशमा आएर लिएको निर्णय जस्तो लग्यो मलाई काकीको मृत्यु |
पुलिसले एम्बुलेन्सलाई फोन गरे | कोठामा सबुत हुनसक्ने भनेर काकीको कोठामा नजान आग्रह गर्दै पुलिसले कालीको पार्थिब शरीर पोस्टमार्टमको लागि लिएर गयो अनि काका पनि तिनीहरु संगै जानुभयो |
मलाई निद्रा परेन त्यसै खाटमा पल्टिरहेको थिएँ आँखा बाट आबिरल आशु बगिरहेका थिए | त्यो राति मलाई भोक पनि लागेन न त खान खाने कुरा नै याद भयो केवल मनमा उमाकाकीका सम्झना मात्र आइरहे | करिब ११ बजेतिर काका घर आउनुभयो काका आफुलाई सम्हाल्नसक्ने स्थितिमा हुनुहुन्नथ्यो | शोक विह्वल हुनुहुन्थ्यो काका | मैले काकालाई सोधें “काका किन काकीले एस्तो गर्नुभयो” काका केहि बोल्नुभएन केवल आँखाबाट आँसु मात्र बगिरहे | काकाको एस्तो स्थिति देख्दापनि उहाँलाई सम्झाउन सक्ने सामर्थ्य म मा थिएन न त आफुलाई नै सम्हाल्न सक्ने स्थितिमा थिएँ |
काका एक्कस्सी भक्कानिदै रुन लाग्नुभयो अनि भन्नुभयो “यो सब मैले गर्दा भएको हो, उसलाई मैले मारे”, मैले काका को कुरा बुझ्न सकिन केवल सुनी मात्र रहें |
**
२०६४ सालको मंग्सिरमा
काका-काकीको बिहे भएको हो बाजा बजाएर धुमधाम संग सम्पन्न भएको थियो बिबाह | बिहे
गरेको तिन महिना पछि काकाको पोर्तुगलको भिजा लग्यो, काका बिदेस जानुभयो | काका
गएपछि काकीपनि घर बस्नुभएन, सहरतिरै बस्ने अनि पाए केइ सानोतिनो जागिर गर्ने
लक्षका साथ काकी भरतपुरमा डेरा गरि बस्नाथाल्नुभायो |
७० सालको जेठ महिनामा काका पाँच
वर्ष पछि विदेश बाट फर्कनुभयो त्यसपछि दुबैजना भरतपुरमै घरजम गरि बस्न थाल्नुभयो |
म पनि आफ्नो उच्च शिक्षाका लागि काका-काकी संगै उहाँहरुको घरमा बास्ना थालें |
काका विदेश बाट आएपछि व्यापार गर्न थाल्नुभएको थियो, फेन्सी पसल थियो काकाको |
काकी पनि स्कुलमा पढाउन छाडेर काकाको काममा हात बाँड्नुहुन्थ्यो, म पनि आफ्नो
बिहानको पढाई सकेर काकासंगै काम गर्थें | समय राम्रोसंगै बितिरहेको थियो,
काका-काकी बिचको सम्बन्ध समधुर नै थियो | एक दिन काकीले आफु गर्बबती भएको खबर
सुनाउनुभयो त्यस दिन काका खुसीले नाच्नुभएको थियो |
**
म पसलको कामले बिहान बिरगंज
आएको थिएँ | करिब १२ बजे तिर काकीले मलाई फोन गर्नुभयो काकाको साथी जिबन दाइको
एक्सिडेन्ट भएछ, मोटरसाईकलले हानेर भाग्यो भन्ने खबर सुनाउन काकीले मलाई फोन
गर्नुभएको थियो | जिबन दाई हरिकाका'का असाद्धै मिल्ने साथी हुनुहुन्थ्यो, दुवै
छिमेकी अनि एउटै ब्यावशाय गर्ने हुनाले पनि मित्रता प्रगढ थियो दुबैमा | काका अनि
अरु साथीहरु मिलेर जिबन दाई लाई अस्पताल लाग्नुभएछ |
**
काकाले भन्न थाल्नुभयो -
अस्पताल पु-याउदा रगत बढि बघेको कारणले डाक्टरले तत्काल रगत चढाउनु पर्ने जानकारी दिए | जिबनको ब्लड ग्रुप बि नेगेटिभ रैछ फेरी यो ब्लड ग्रुप कमै मात्रामा उपलब्द हुने हुनाले अस्पतालले पनि आफुसंग यो ग्रुपको ब्लड नभएको जानकारी दियो र २ घण्टा सम्ममा ब्लड बैंक बाट मगाउने जानकारी दियो |

मेरो ब्लड ग्रुप पनि बि नेगेटिभ
भएकै कारण मिल्ने भए आफु दिने कुरा डाक्टरसामु राखेँ | डाक्टरले म विदेश बसेर आएको
भनेपछि ब्लड चेक गरेर मिल्ने भए दिने कुरा बताए | त्यसपछि मेरो रगतको नमुना लिइयो
|
काका भन्दै जानुभयो –
आधा घण्टा पछि डाक्टरले मलाई
भित्र बोलाए अनि एकान्तमा लगेर भने “हरि जी हाजुरको रगत जिबन जी लाई दिन नमिल्ने
भो, हजुरको रगतमा यच. आइ. भी. नेगेटिभ को जीवाणु भेटियो, आइ याम सरि”
म छाँगाबाट खसेजस्तो भए, म माथि आकाशनै खसेजस्तो भयो म केहि भन्न सकिन | त्यसपछि कसैलाई केहि नभनी म अस्पातलबाट सरासर घर आए अनि उमालाई पनि दोकान बन्द गरेर घर आउन भने |
म छाँगाबाट खसेजस्तो भए, म माथि आकाशनै खसेजस्तो भयो म केहि भन्न सकिन | त्यसपछि कसैलाई केहि नभनी म अस्पातलबाट सरासर घर आए अनि उमालाई पनि दोकान बन्द गरेर घर आउन भने |
मलाइ विदेशमा रहदा यो रोगले
छोएछ |
उमा घर आएपछि किन बोलाएको भनेर सोधी | म केहि बोल्न सकेन, म उसको दोषी थिएँ, मैले उसलाई पनि यो रोग सारिदिएको थिए साथै हाम्रो हुनेवाला बाच्चामा पनि सारिदिएको थिएँ | एकैछेंण साहस बटुलेर सारा वृतान्त सुनाए | उमा डाको छोडेर रुन लागि, म संग उसलाई सम्झाउने अधिकार पनि थिएन अब | “तपाँइले मलाई ढोका दिनुभयो” भन्दै उमा रुन थालि | म संग बोल्ने कुनै सब्द नै बाकि थिएनन् उसको सामु बोल्नको लागि | उमा कोठामै थिइ म उसको अगाडी बस्न नसकेर बाथरुम छिरे |
बाथरुम बाट निस्कदा कोठा भित्र बाट बन्द थियो मैले उमा उमा भन्दै आबाज गरे तर ठोका खुलेन मैले तल भाडामा बस्ने दाइलाई बोलाए अनि ढोका फोरेर हेर्दा उमाले आफ्नो ज्यान लिई सकेकी थिई |

“मैले उमाको हत्या गरेँ केवल उसको मात्र नभई
हाम्रो बच्चाको पनि हत्या गरे” काका रुदै भन्नुभयो |
म काकालाई सम्झाउन सक्ने
अवस्थामा थिएन अनि आफ्नो कोठामा छिरें, रातको १ बजिसकेको थियो म सुत्ने कोसिस गरे
तर निद्र परेन केवल उमाकाकी मात्र सम्झनामा आइराख्नुभायो |
खै कतिबेला निधाएछु राति पत्तै
भएन बिहान पुलिसले आबाज गरेपछि मात्र आँखा खुल्यो | अनि पुलिसले काकालाई थाना
बोलाएको भनेर म काकालाई आबाज गरें तर काकाले आबाज दिनुभएन | घर को सबै कोठामा खोजे
काका घर हुनुहुन्थेना, म उहाँका साथी हरुलाई फोन गरे तर काका कसैको घरमा नि नभएको
जानकारी पाए | काका कहाँ जानुभएछ केहि थाहा लाग्न नसकेपछि थाना म गएँ |
घर बाट बा र जगदीश काका आएपछि २
दिनको दिन पुलिसले उमाकाकीको पार्थिब सरिर हामीलाई सुम्पिदियो, अझ सम्म पनि
हरिकाकको केहि खबर थाहा थिएन, हामीले पुलिसमा रिपोर्ट गर्यौं काकाको हाराएको खबर |
त्यो घटनाले हाम्रो परिवारबाट ३ सदस्य गुमाउनु पर्यो | काकीको आत्महत्याको रहस्य केवल म मा मात्र सिमित रहयो | म पनि यो रहस्यलाई आफुमा नै सिमित राख्ने निर्णय गरे ||
त्यो घटनाले हाम्रो परिवारबाट ३ सदस्य गुमाउनु पर्यो | काकीको आत्महत्याको रहस्य केवल म मा मात्र सिमित रहयो | म पनि यो रहस्यलाई आफुमा नै सिमित राख्ने निर्णय गरे ||
sahi cha dai !
ReplyDeleteThanks Bhai
Delete